लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक संकटबाट जोगाउनको लागि नेपाली काँग्रेस-एमालेको संयुक्त सरकार गठन भएको बताएका छन् ।
लमजुङ-बेँसीसहर नगरपालिका-७ मा आज एमाले लमजुङको तेस्रो बैठक सरकारले देशलाई विकासको बाटोमा अघि बढाउन नसकेपछि दुई ठूला दलले सरकारको नेतृत्व लिएका बताए। उनले भने, “वर्तमान सरकारले मुलुकको अर्थतन्त्रको विकास तथा राष्ट्र निर्माणमा केन्द्रित भएर काम गर्नेछ ।”
सञ्चारमन्त्री गुरुङले काँग्रेस-एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन गर्ने दाबी गरे। संविधान जारी भएपछि १० वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने संवैधानिक व्यवस्था रहेको बताउँदै उनले आवश्यकता अनुसार राष्ट्रिय सहमतिमा संविधान संशोधन हुँदै जाने तर अहिले बाहिर चर्चा गरिएको जस्तो संविधानका मूलभूत विशेषतामा परिवर्तन नहुने स्पष्ट गरे।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०५ असोज २०८१, १८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'सामाजिक सञ्जाल छिट्टै खुल्छन्:’ सञ्चारमन्त्री गुरुङ
श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री गुरुङ
सम्पत्तिको अधिकार रक्षा गर्न हुलाक टिकट महत्त्वपूर्ण : सञ्चारमन्त्री गुरुङ
विकासका लागि राजनीतिक स्थिरता जरुरी छ: सञ्चारमन्त्री गुरुङ
इन्टरनेट प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो : सञ्चारमन्त्री गुरुङ
अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ