काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । संसद् भवनको ३ नम्बर गेट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । सरकारले आज विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइरहेको छ । विभिन्न समूहले संविधानको विरुद्धमा प्रदर्शनका कार्यक्रम पनि गरिरहेका छन् । बिहीबार साँझ नागरिक स्तरबाट दरबारमार्गमा नेशनल डे कन्सर्ट आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ