काठमाडौं। महोत्तरीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पिपरा गाउँपालिका-१ खैरवा गाउँस्थित ननु पोखरीमा डुबेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गाउँपालिका-१ खैरा बस्ने अजय राउतका छोरा ८ वर्षीय धिरज राउत रहेका छन् । उनको बुधबार दिउँसो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका-६ पानी ट्यांकीमा डेरा गरी बस्ने १९ वर्षीय लालबहादुर खपाङ्गीको पनि मरिण खोलामा डुबेर ज्यान गएको छ ।
गोलन्जोर गाउँपालिका-५ खनियाखर्क घर भएका उनको बुधबार दिउँसो कमलामाई नगरपालिका-२ स्थित मरिण खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा कारागारका एक कैदीको मृत्यु
सुर्खेतमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
ट्रकमा अटो ठोकिँदा महिलाको मृत्यु
ट्रकले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु
सर्पको डसाइबाट महिलाको मृत्यु