काठमाडौं। महोत्तरीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पिपरा गाउँपालिका-१ खैरवा गाउँस्थित ननु पोखरीमा डुबेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गाउँपालिका-१ खैरा बस्ने अजय राउतका छोरा ८ वर्षीय धिरज राउत रहेका छन् । उनको बुधबार दिउँसो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका-६ पानी ट्यांकीमा डेरा गरी बस्ने १९ वर्षीय लालबहादुर खपाङ्गीको पनि मरिण खोलामा डुबेर ज्यान गएको छ ।
गोलन्जोर गाउँपालिका-५ खनियाखर्क घर भएका उनको बुधबार दिउँसो कमलामाई नगरपालिका-२ स्थित मरिण खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु