काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न गठित चार सदस्यीय कार्यदलले मस्यौदा निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको छ ।
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई/दुई जना नेता सम्मिलित कार्यदलले तीनचार दिनयता गृहकार्य गरेर कार्यक्रमको मस्यौदा तयार पारिरहेका छन् ।कार्यदल सदस्य तथा कांग्रेस नेता डा. प्रकाशशरण महतले कार्यदलले काम गरिरहेको भन्दै बुधबार बेलुकासम्म मस्यौदालाई अन्तिम रूप दिने तयारी भएको बताए ।
‘हामीले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरिरहेका छौ, सकेसम्म बुधबार बेलुकाभित्र टुङ्ग्याउने तयारी छ’, नेता महतले रातोपाटीसँग भने, ‘मस्यौदा तयार गरेर शीर्ष नेतालाई ब्रिफिङ गर्ने तयारी छ ।’कार्यदल सदस्यहरूका अनुसार न्यूनतम साझा कार्यक्रम बजेट र सरकारको नीति तथा कार्यक्रमसँग मेल खानेगरी तयार गरिएको छ ।
कार्यदलमा काँग्रेसका तर्फबाट महामन्त्री गगन थापा र नेता प्रकाशशरण महत छन् भने एमालेबाट उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।नेता महतले कार्यदलले मस्यौदा निर्माणको काम समयमै सकेमा प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जानु अघि नै सार्वजनिक गर्ने तयारी भएको पनि जानकारी दिए ।
‘सकभर प्रधानमन्त्रीज्यू अमेरिका जानुअघि नै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने सरकारको सोच हो । त्यही अनुसार हामीले काम गरिरहेका छौँ’,महतले भने, ‘सकेसम्म चाँडो गर्ने प्रयास छ ।’ प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ४ गते महासभामा भाग लिन अमेरिका जाँदैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असोज २०८१, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खर्च कटौतीको नारा, तर मन्त्रीका सल्लाहकारमा करोडौं खर्च
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'