काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
आज अपराहन्न १ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको सचिवालयलेव जानकरी दिएको छ ।
यसैबीच प्रतिनिधि सभाको बैठक बस्ने बारे भने अझै अन्योल रहेको छ । 'हिंसा' शब्द बारे माओवादी केन्द्रले संसद्को बैठक अवरोध गरिरहेकाले आइतबारको बैठक बस्दै नबसी स्थगित भएको थियो ।
गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो । संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको 'हिंसा' शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो । अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ भदौ २०८१, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, निर्वाचनमा ढुक्कसँग सहभागी हुनुस् : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की