काठमाडौँ । सरकारले भोलि (सोमबार) मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने जानकारी गराएको हो ।
सूचनामा भनिएको छ,‘मिति २०८०।१०।२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार जयन्ती (मोहम्मद दिवस) का दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था भएको सन्दर्भमा मुस्लिम आयोगबाट मोहम्मद जयन्ती (मोहम्मद दिवस) मिति २०८१।५।३१ गते सोमबार पर्ने भएको भनी जानकारी प्राप्त भएको हुँदा मिति २०८१।५।३१ गते नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० भदौ २०८१, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा