काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले एजेन्डा र विचारको हिसाबले माओवादी नै देशको पहिलो पार्टी भएको भन्दै अहिले जनतामा माओवादी पार्टीको ग्राफ बढिरहेको दाबी गरेका छन् ।
पोस्टबहादुर बोगटी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता पुनले माओवादीले २०८४ को निर्वाचनमा जित निकाल्ने बताए । उनले कांग्रेस र एमाले बिस्तारै कमजोर बन्दै गएको दाबी गरे ।
पुनले भने- एकथरि मान्छेले ८४को निर्वाचनलाई लिएर संख्या गनिरहेका छन्,हाम्रो साइज सानो हुन्छन् भनिरहेका छन् । यथार्थमा हाम्रा ८ लाख जति सदस्य छन्, एमाले र कांग्रेसका १०, १२ लाखको दाबी छन् । यसरी हामी एकैखालमा छौँ जनतामा जाँदा । बरु माओवादीको ग्राफ बढिरहेको छ र कांग्रेस र एमालेजस्ता पूराना संसवादी विकृतिका डंगुर हुन् भनिरहेका छन् । आज सामाजिक कार्यक्रममा जाँदा प्रधानमन्त्रीको विरोध किन भइरहेको छ < छेउमा भ्रष्टाचारीलाई राखेर म भ्रष्टाचार गर्दिन भन्दा जनताले पत्याएनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० भदौ २०८१, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा