काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समयमै दलाल र नोकरशाही पुँजीवादका विरुद्ध सङ्घर्ष गर्न नसके गणतन्त्र बिचौलियाहरूको र दलालहरूको नियन्त्रण जाने टिप्पणी गरेका छन् ।
आइतबार माओवादी नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को १०औँ स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी जनता र समाजवाद उन्मुख गणतन्त्रको पक्षमा उभिएर सङ्घर्ष गर्ने बेला आएको बताए ।
उनले भने, ‘अब दलाल तथा नोकरशाही पुँजीवादका विरुद्धको सङ्घर्ष, बिचौलियाहरू विरुद्धको सङ्घर्ष मुख्य भएर जान्छ । त्यसो गर्न सकिएन भने यो गणतन्त्र बिचौलियाहरूको गणतन्त्र हुन्छ, दलालहरूको हुन्छ, राज्य दोहन गर्नेहरूको हुन्छ । तत्कालीन अध्यक्ष कमरेड नेतृत्वको सरकारले सुशासन र गणतन्त्र रक्षाको अभियानलाई अगाडि बढायो । यसले माओवादी कुन कित्ताको भनेर छुट्ट्याएको छ । माओवादी जनता, समाजवाद उन्मुख गणतन्त्रको पक्षको हो भन्ने पुष्टि गर्यो ।’
‘प्रचण्ड’ नेतृत्वको सरकार गठबन्धनमा बनेको हुनाले आफ्नो धारमा काम गर्न नसकिएको पुनको स्वीकारोक्ति थियो ।
विचार र राजनीति सहिभयो भने मात्र पार्टी र सङ्गठन बलियो हुने उल्लेख गर्दै उनले माओवादी आज देशको एक नम्बर पार्टी भएको दाबी गरे ।
‘समावेशी लोकतन्त्र, धर्म निरपेक्षतासहित यहाँका विविधताहरूलाई समावेशी सहमति अगाडि बढ्ने पार्टी हो माओवादी केन्द्र माओवादीको विचारले आज देश अगाडि बढेको छ । शक्ति गणितीय रूपले कहिले तलमाथि हुनसक्छ । तर विचार र राजनीति सही भयो भने सङ्गठन र पार्टी बन्छ । यसमा माओवादी आज एक नम्बर पार्टी हो,’उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० भदौ २०८१, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले संसद छलेर करका दर हेरफेर गरेर आर्थिक अपराध गर्योः सांसद पुन
विपक्षी दललाई तर्साउने र दबाउने प्रयास भयो : वर्षमान पुन
केही सांसद संसदमा एक शब्द पनि नबोली पूरै कार्यकाल बिताउँछन्: वर्षमान पुन
ओली सरकारका कारण मुलुकमा बेथिति र भ्रष्टाचार बढेको छः वर्षमान पुन
जनताको स्वास्थ्यलाई बिचौलिया र दुई दलको भागवण्डामा बन्धकी बनाइएको भन्दै वर्षमानको आक्रोश
स्थायी कमिटी बैठकमा पार्टीलाई एकताबद्ध गर्ने कोशिस गर्छौँ’: वर्षमान पुन