काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल भइरहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले मोबाइल बैङ्किङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरूबाट सुझावहरू आइरहेको उल्लेख गर्दै यसप्रति सरकारको ध्यानाकर्षण भएको बताएका हुन् ।
उनले लेखेका छन् -'साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाईँहरूका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैँ झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० भदौ २०८१, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, राष्ट्रसङ्घको महासभामा सहभागिताबारे जानकारी
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीलाई काँग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा पचास लाख हस्तान्तरण
इशिबा जापानको प्रधानमन्त्रीमा निर्वाचित
जापानका प्रधानमन्त्री किशिदाको राजीनामा, नयाँ सरकार गठन हुदै
विपक्षी दलका नेता इजरायलको सरकारमा सामेल