काठमाडौं। यागी आँधीपछि म्यानमारमा भीषण बाढी आएको छ । अधिकारीहरूका अनुसार बाढीका कारण करिब दुई लाख ३० हजार मानिसले आफ्नो घर छाड्नुपरेको थियो। सरकारी सञ्चारमाध्यमका अनुसार देशको सत्तारूढ दलले बाढीको प्रभाव कम गर्न वैदेशिक सहायता माग गरेको छ । राजधानी नेपिडाउ बाढी प्रभावित क्षेत्र मध्ये एक हो।
म्यानमारको सेनाले भनेको छ, ‘बाढीका कारण अहिलेसम्म ३३ जनाको मृत्यु भइसकेको छ ।'सरकारी दैनिक ‘न्यु लाइट अफ म्यानमार’ ले घरबारविहीन भएका बाढी पीडितहरूका लागि केही अस्थायी राहत शिविरहरू स्थापना गरिएको जनाएको छ।
यस वर्ष एसियाकै सबैभन्दा शक्तिशाली आँधी यागीले भियतनाम, चिनियाँ टापु हेनान र फिलिपिन्स पनि प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ भदौ २०८१, १३ : ४२
लेखकबाट थप