काठमाडौँमा ५ लाख बढीका सुनचाँदीका गरगहना चोरी

सफल खबर संवाददाता

शुक्रबार, २८ भदौ २०८१, १२ : २७
काठमाडौँमा ५ लाख बढीका सुनचाँदीका गरगहना चोरी

काठमाडौँ । काठमाडौँको कलंकीबाट ५ लाख बढीका सुनचाँदीका गरगहना चोरी भएको छ । बिहीबार काठमाडौँ महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने संखुवासभा सभापोखरी नगरपालिका–६ घर भएकी ३१ वर्षीया अनिसा राईको कोठाबाट करिब ५ लाख ३ हजार रूपैयाँ बराबरको सुनचाँदीका गरगहना चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भैरहेको जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस