छोरी जन्माउने बुवा आमालाई ८ लाख पुरस्कार !

एजेन्सी

शनिबार, १५ पुस २०७४, १३ : १६
छोरी जन्माउने बुवा आमालाई ८ लाख पुरस्कार !

चितवन । परम्परागत समाजमा छोरा र छोरीबीच अझै पनि भेदभाव छ । समाजले छोरीलाई हेयको दृष्टिले हेर्ने चलन अझै पूरै हटेको छैन । यहीँ विभेदको मानसिकतालाई चिर्नका लागि एउटा अनौठो उपाय अबलम्बन गरेको छ सरकारले । जस अनुसार सन् २०१८ देखि अस्पतालमा जन्मिने हरेक बालिकाका बुवाआमाले ८ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो समाचार छिमेकी मुलुक भारतको कर्नाटक राज्यस्थित बीबीएमपी अस्पतालको हो ।
त्यहाँ आगामी जनवरी १ देखि जन्मिने हरेक छोरीका अभिभावकले प्रोत्साहन स्वरुप ५ लाख भारु पुरस्कार पाउनेछन् ।
अस्पतालले त्यहाँ जन्मिने छोरीहरुको शिक्षादीक्षामा सहयोग पुगोस् भनेर छोरी जन्मिँदा प्रोत्साहन पुरस्कार दिने घोषणा गरेको हो ।

उक्त पुरस्कार रकम अस्पतालका आयुक्त तथा जन्मिने बालिकाको संयुक्त बैंक खातामा जम्मा गरिनेछ । उक्त रकमलाई बालिका स्कुल पढ्न जाने उमेरकी भएसँगै उनको शिक्षामा खर्च गरिनेछ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस