काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २४ का अध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहलाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरूलाई आयोगको टोलीले ४ लाख ५० हजार रुपैयाँ घुससहित मंगलबार पक्राउ गरेको हो ।
बाटो प्रमाणित गरिदिने प्रयोजनका लागि उनीहरूले सेवाग्राहीसँग घुस मागेका थिए ।उनीहरू दुवै जनालाई घुस लिइसकेको अवस्थामा वडा अध्यक्षको कार्यकक्षबाटै पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ भदौ २०८१, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ
डीएसपी मधु नेपाल पक्राउ