काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुन सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको सरुमारानी गाउँपालिका–१ घर भएका ३१ वर्षीय समिर अहमद र खोटाङ घर भएका ३० वर्षीय देवराज खत्री छन् ।
दोहाबाट काठमाडौँ आएका अहमदको साथबाट प्रहरीले ५४ ग्राम सुनको ढिक्का, औँठी र मोबाइल बरामद गरेको छ । भन्सार छलेको सुन अवैध तरिकाले सङ्कलन गरेर लैजान लागेको अवस्थामा २५ ग्राम तौल बराबरको सुनको सिक्री, मोबाइल दुईथान र ल्यापटप सहित देबराज पक्राउ परेका हुन् ।
उनीहरूबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ भदौ २०८१, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ