काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको सहकारी ठगी प्रकरणमा मुछिएको विषय संसदमा उठाएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गणेश पराजुलीले कांग्रेस उपसभापति गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ? भन्दै प्रश्न गरेका हुन् ।
उनले भने- ‘सहकारीको रकम अपचलनको विषयमा छानबिनको माग गर्न संसदीय समिति बनाउनुपर्छ भनेर नाराबाजी गर्ने एक माननीयविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरी त अन्तिम सत्य होइन उजुरी नै नपर्दा प्रमाण नै नहुँदा रास्वपाका सभापतिलाई सदनमा के-के सम्म गरियो संसारले देखेको छ । तर, मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको १५ करोड हिनामिना गरेकोमा धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगीको उजुरी दर्ता गराउनुभएको छ । म गुरुङमाथि छानबिन हुन्छकी हुदैन भनेर म कांग्रेसका सांसदहरुमाथि प्रश्न गर्न चाहन्छु । साथै सहकारीको ठगि लुकाउन उहाँले सम्बन्ध बिच्छेद गरेको समेत कुरा बाहिर आएको छ ।’
सांसद पराजुलीले सहकारी ठगीलाई लुकाउनको लागि नक्कली सम्बन्ध विच्छेद गरेको कुरालाई पनि छानबिन गर्न समेत माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ भदौ २०८१, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाकी पूजा बास्तोलाले दिइन् उजुरी
रास्वपाका ९९ सदस्यीय केन्द्रीय समितिमा को को जिते ? (सूची सहित)
रास्वपा महामन्त्रीमा सागर ढकालले गरे उम्मेदवारी घोषणा
रास्वपा महामन्त्रीमा जगदिश खरेलको उम्मेदवारी दर्ता
रास्वपा केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक
रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो