काठमाडौं। इराकस्थित संयुक्त राष्ट्रसंघीय गार्ड युनिट तेह्रौँ डफ्फा सहभागी हुन सहसेनानी मोहन सलामी मगरको नेतृत्वमा १९ सदस्यीय नेपाली शान्ति सैनिकहरूको टोली शुक्रबार मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।
सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी बाह्रौँ डफ्फामा कार्यरत १९ सदस्यीय नेपाली शान्ति सैनिकहरूको टोली सेनानी टिकासिंह विष्टको नेतृत्वमा आजै स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू तैनाथ छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ भदौ २०८१, ११ : १२
लेखकबाट थप