काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरू हाम्रा पहिचान र गौरव भएको बताएका छन् ।
हरितालिका तिजका अवसरमा शुभकामना व्यक्त गर्दै उनले हाम्रो देश विभिन्न धर्म, संस्कृति र पर्वले समृद्ध रहेको र विभिन्न पर्वहरूमध्ये हरितालिका तिज नेपाली महिलाहरूको विशेष महत्वपूर्ण पर्व भएको उल्लेख गरे ।
तिजमा चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व छ । सभापति देउवाले हाम्रो समाजमा सौहार्द्रता र एकतालाई मजबुत तुल्याउँदै आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारा व्यक्त गर्ने यी परम्पराले समाजलाई एक साझा फुलवारीका रूपमा प्रतिविम्वित गर्दै आएको बताए ।
उनले तिज पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस् भन्दै अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ भदौ २०८१, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा
अब मेरो राजनीतिबाट रिटायर्डको बेला भयो: देउवा
कांग्रेसको सहमती अनुसार नै सरकार अघि बढेको छ: शेरबहादुर देउवा
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔँ : देउवा
मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : सभापति देउवा