काठमाडौं । संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आजदेखि विधेयकमाथि सैद्धान्तिक छ्लफल सुरु भएको हो ।
यो विधेयक २१ फागुन २०८० मा दर्ता भएको थियो । विधेयक संसदमा दर्ता भएको करिब छ महिनापछि समितिमा छलफलका लागि अगाडि बढेको हो । समिति सभापति रामहरि खतिवडाका अनुसार आज सैद्धान्तिक छलफल हुनेछ । यसपछि सरोकारवाला र संशोधनकर्ता सांसदहरूसँग छलफल हुने उनले बताए ।
विधेयकमा एक हजार ५८३ वटा संशोधन परेको छ । १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।२०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेन ।
प्रतिनिधि सभाको चालु कार्यकालमा दर्ता भएको विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० भदौ २०८१, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा
शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी
आज ९ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीनवटा संसदीय समितिका बैठक बस्दै