काठमाडौँ । भाषा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको वार्षिक प्रतिवेदन बुझाएको छ । बुधबार राष्ट्रपति पौडेललाई आयोगका अध्यक्ष गोपाल ठाकुरले वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले प्रतिवेदन बुझाउँदै कार्यक्रमहरू तर्फ बजेट कम रहेकोले कामहरू धेरै मात्रामा गर्न असफल रहेको उल्लेख गरे । उनले २०८० र ८१ मा कार्यक्रमहरू तर्फ बजेट कम रहेको बताए ।
उनले भने, ‘२०८० र ८१ मा कार्यक्रमहरू तर्फ बजेट शून्यता रह्यो, त्यस कारण हामीले अपेक्षित हाम्रा कार्यक्रमहरू थिए तर, बजेट अभावले ती कार्यक्रमहरू अगाडि बढाउन सकेनौँ । लोप हुन लागेका भाषाहरूको रक्षाका लागि त्यसमा गर्नुपर्ने अभिमुखीकरणका कामहरू र त्यसै गरी भाषाको पुस्तान्तरणका लागि सञ्चालित हुँदै आएका कक्षाहरू जस्ता कामहरू हामीले अगाडि बढाउन सकेनौँ ।
साथै उनले प्रदेश सरकार र स्थानीय सरकारहरूसँगको सहकार्यमा मातृभाषा शिक्षाका लागि अभिमुखीकरणका कामहरू गरेको बताए । उनले पहिलादेखि कक्षा सञ्चालन भएका ठाउँमा अनुगमन गर्न सफल भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ भदौ २०८१, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि पेसालाई सम्मानित बनाउन नीतिगत सुधार आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल
कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति पौडेल
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल