काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्ने भएको छ । राष्ट्र बैंककाअनुसार निक्षेप संकलन उपकरणको प्रयोग गर्दै २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रणालीबाट तान्न लागेको हो ।
यसअघि भदौ १२ गते पनि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत् ४० अर्ब रुपैयाँ उठाएको थियो । आज बुधबार बजारबाट उठाउन लागेको रकमको औसत ब्याजदर २.९९ प्रतिशत रहने राष्ट्र बैंकले जनाएको हो । यो रकमको साँवा तथा ब्याज भुक्तानी असोज ९ गते गर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ भदौ २०८१, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने