काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश संरचना भंग गर्न माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाकी सांसद रोशन कार्कीले प्रदेश सरकारमा भद्रगोल देखिएको बताइन् ।
उनले भनिन्, ‘गण्डकीमा मन्त्री पद नै लिलामीमा छ । यो के हो ? त्यसैले राप्रपाले यो प्रदेशलाई भंग गरौँ, सेतो हात्ती नपालौँ भनेको छ, यस्तो खालको ? यो मन्त्रिपरिषद्को पनि अपमान भएको छ ।’
गण्डकी प्रदेशमा मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वन तथा वातावरण मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिँदै वन मन्त्रालयको कामै नभएको टिप्पणी गरेका थिए । उनी यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री थिए ।
गुरुङले आफ्नो भागमा परेको मन्त्री पद बेच्ने तयारीमा रहेकोसमेत प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग