काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश संरचना भंग गर्न माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाकी सांसद रोशन कार्कीले प्रदेश सरकारमा भद्रगोल देखिएको बताइन् ।
उनले भनिन्, ‘गण्डकीमा मन्त्री पद नै लिलामीमा छ । यो के हो ? त्यसैले राप्रपाले यो प्रदेशलाई भंग गरौँ, सेतो हात्ती नपालौँ भनेको छ, यस्तो खालको ? यो मन्त्रिपरिषद्को पनि अपमान भएको छ ।’
गण्डकी प्रदेशमा मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वन तथा वातावरण मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिँदै वन मन्त्रालयको कामै नभएको टिप्पणी गरेका थिए । उनी यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री थिए ।
गुरुङले आफ्नो भागमा परेको मन्त्री पद बेच्ने तयारीमा रहेकोसमेत प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने