काठमाडौं । यस पटकको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बताए ।
राष्ट्र बैंकले हरेक दशैंतिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको थियो । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर सकेको थिए ।
उक्त योजना यस पटकको दशैंबाट लागू गरिने डा. पोखरेलले जानकारी दिए । उनले भने, ‘ठूलो लागत लगाएर छापेको नयाँ नोट दशैंमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने गरेको छ । यसकारण दशैंमा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरेका छौं ।’
दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ ।
नेपाली बजारमा अहिले ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)
साउनमा भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स
बैंकहरूबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको
विद्युतीय प्रणालीमार्फत इतिहासकै सर्वाधिक कारोबार, एकै महिनामा ३४ खर्बले बढ्यो