काठमाडौँ । सशस्त्र प्रहरी बलका एआईजीहरूको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रिपरिषद् बैठकले ३ जना एआईजीहरूको विभाग परिवर्तन गरेको हो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई मानवस्रोत विभागमा सरुवा गरिएको छ । दाहाल यसअघि कार्य विभागमा कार्यरत थिए ।
सीमा सुरक्षा विभागमा कार्यरत नारायणदत्त पौडेललाई कार्य विभाग र सिपी गौतमलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । गौतम यसअघि मानवस्रोत विभागमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरी बलको प्रवक्तामा डिआइजी विष्णु प्रसाद भट्ट
आपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल