काठमाडौं । सत्तारुढ नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको छ ।
बैठकमा पार्टीको वार्षिक कार्ययोजना, समसामयिक राजनीतिक परिस्थिति, सरकारको समीक्षालगायत विषयमा छलफल हुनेछ ।
भोलिसम्म चल्ने बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कार्ययोजनाबारे विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र सङ्गठन विस्तार अभियान समेटिएका छन् ।
एमालेले यसअघि केन्द्रीय कमिटी बैठकबाट २०८१ भरि सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)