काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ५ सय ८७ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ । प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरिएको छ ।
कपिलवस्तुस्थित वडा प्रहरी कार्यालय चन्द्रौटामा सुजन शाह, रुपन्देहीको इलाका प्रहरी कार्यालय मझगाउँमा सन्तोष बस्याल र सिराहा स्थित इलाका प्रहरी कार्यालय मिर्चैयामा सन्तोष कुमार बुढाथोकीलाई पठाइएको छ ।
शोभा पाण्डेयलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ । विशाल सापकोटालाई इलाका पहरी कार्यालय मनहरि मकवानपुर र बाङगेल लामालाई जाजरकोट स्थित इलाका प्रहरी कार्यालय रिम्नामा सरुवा गरिएको छ ।
रौतहट ट्राफिकमा लोकेन्द्र अधिकारी, पर्सा ट्राफिकमा लोकराज भट्ट, महोत्तरी ट्राफिकमा लक्ष्मीराज जोशी र प्रहरी प्रभाग मंगलबजारमा लीलाभक्त बादेलाई पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलाका प्रहरी कार्यालय खैरहनीको नव–निर्मित भवन समुद्घाटन
गैरहाजिर २० जना प्रहरी कर्मचारीको नाममा प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका