काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ५ सय ८७ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ । प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरिएको छ ।
कपिलवस्तुस्थित वडा प्रहरी कार्यालय चन्द्रौटामा सुजन शाह, रुपन्देहीको इलाका प्रहरी कार्यालय मझगाउँमा सन्तोष बस्याल र सिराहा स्थित इलाका प्रहरी कार्यालय मिर्चैयामा सन्तोष कुमार बुढाथोकीलाई पठाइएको छ ।
शोभा पाण्डेयलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ । विशाल सापकोटालाई इलाका पहरी कार्यालय मनहरि मकवानपुर र बाङगेल लामालाई जाजरकोट स्थित इलाका प्रहरी कार्यालय रिम्नामा सरुवा गरिएको छ ।
रौतहट ट्राफिकमा लोकेन्द्र अधिकारी, पर्सा ट्राफिकमा लोकराज भट्ट, महोत्तरी ट्राफिकमा लक्ष्मीराज जोशी र प्रहरी प्रभाग मंगलबजारमा लीलाभक्त बादेलाई पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस