काठमाडौं। धनुषाको महेन्द्रनगरमा नेपाल आयल निगमका कर्मचारी राकेश बर्माको हत्या भएको छ । निगमकै कर्मचारी प्रकाश यादवले बेल्चाले हानेर उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रन्जन अवाका अनुसार आज बिहान १० बजे बर्मासँग विवाद हुँदा यादवले बेल्चा प्रहार गरेका थिए ।यादवलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी अवाले दिए । मृतक बर्मा पत्रकार राजेश बर्माका भाइ हुन् ।
डीएसपी अवाका अनुसार अहिले घटनाको मुचुल्का उठाउने काम भइरहेको छ। मृतक बर्मा बिगत ४/५ वर्षदेखि निगमको महेन्द्रनगरस्थित डिपोमा करारमा काम गर्दै आएका थिए । सिरहा घर भएका उनको एक छोरी र एक छोरा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, १३ : १२
लेखकबाट थप