काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न आग्रह गरेका छन् । सङ्घीय संसद्हरुका लागि जीवन विज्ञान संस्थाद्वारा आज आयोजित स्वजागरण कार्यक्रममा प्रधानमन्त्री ओलीले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताउँदै अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गरे ।
“म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरूको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ ।’’, प्रधानमन्त्री ओलीले भने, “हामीले अराजकता र अशिष्टता होइन, हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्छ ।
योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ राख्छ । त्यसैले योगलाई विशेष महत्त्व दिनुपर्छ । कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न पार्टीका नेताहरू, सांसदहरूको सहभागिता थियो । सहभागीलाई रमेश नेपालले योगाध्यास गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन