काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्याप्त प्रमाण भएकै आधारमा सहकारी ठगी छानबिन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग ९ घण्टा बयान लिएको बताएका छन् । लामिछानेलाई सफाइ दिएको नभइ उनको बयान लिइएको उनले टिप्पणी गरे ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस महामन्त्री थापाले समितिमा बयान भएको र प्रमाणकै आधारमा फैसला आउने बताएका हुन् ।
यहाँ केही सांसदले प्रमाण खोइ ? प्रमाण खोइ ? भनेको सुनियो । हामीसँग भएको तथ्य प्रमाण साथीहरूले पक्कै लिएर गएका होलान् । ९ मिनेटमा चट् भनेको ९ घण्टा बयान दिनुपर्ने अवस्था तथ्य प्रमाण भएकाले नै आएको होइन ?’ उनले भने ।
यसअघि रास्वपाका सांसदहरूले सहकारी ठगीमा लामिछानेमाथिको प्रमाण सार्वजनिक गर्न चुनौती दिँदै आएका थिए ।
‘सभापति सूर्य थापालगायत समितिमाथि पूरा विश्वास छ, धेरै मेहनत गर्नुभएको छ । तर साथीहरू (रास्वपा सांसद) झुक्किनु भयो कि ? बयान हो बयान, सफाइ होइन,’ यसबारे महामन्त्री थापाले भने । समितिमा रहेका रास्वपा सांसदलाई कालोलाई सेतो कसरी भन्ने भनेर धर्मसंकट निम्तिएको उनको टिप्पणी थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न गगन थापाको आग्रह
बिजुलीको बक्यौता एक रुपैयाँ पनि छोड्नुहुन्न : गगन थापा
देशमा केही हुँदैन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ, यसलाई चिर्नुपर्छ : गगन थापा
प्रधानमन्त्रीले राजीनामा नदिए नयाँ प्रक्रियाबाट ५ दिनमा सरकार बन्छ: गगन थापा
मेरो इच्छा विपरीत सरकारमा जानु पर्यो : महामन्त्री थापा
कांग्रेसबाट निर्वाचित पालिका प्रमुख–उपप्रमुखलाई महामन्त्री थापाको ११ बुँदे परिपत्र