काठमाडौँ । काठमाडौं महानगरपालिका-२६ निखिलमार्गस्थित गेष्टहाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६३ मिलिग्राम सहित दाङ घोराही उपमहानगरपालिका-९ घर भई ललितपुर सानेपा बस्ने २५ वर्षीय मनिष शाह समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले गेस्टहाउसको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेदकोट नगरपालिका-९ सुन्दरपुरबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम २८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सागर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी सुडाबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१ धोबीगौडा बस्ने २९ वर्षीय विराज रजकलाई उनकै घरबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ७ सय ५० ग्राम र नियन्त्रित लागूऔषध नाईट्रोभेट २१ चक्की सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाइ छिपाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ
भारतीय लागूऔषध कारोबारीमाथि गोली प्रहार, खैरो हेरोइन बरामद
लागूऔषधसहित युवक रौतहटमा पक्राउ