काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरिरहेका छन् । सभापति देउवा निवास बुढानीलकण्ठमा शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।
छलफलमा केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ । महामन्त्रीद्वयसँग छलफल सकेपश्चात् देउवाले पदाधिकारी बैठक बोलाउने तयारी गरेको बताइएको छ ।
कांग्रेसले भदौ १२ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको प्रस्तावलाई संस्थापन पक्ष र इतर समूहका नेताहरूले पनि रुचाएका छैनन् ।
यस्तै अर्का महामन्त्री गगनकुमार थापाले कांग्रेसले रूखमा भोट हाल्न पाउने ग्यारेन्टी सहितको प्रस्तावमा पनि संस्थापन पक्षले आपत्ति जनाएका छन् ।
यी दुई विषयमा विवाद हुँदा साउन साउन २३ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक साउन २८ देखि भदौ ७ गतेसम्म बैठक स्थगन भएको थियो । भदौ ७ मा बसेको बैठकमा पनि सहमति नजुटेपछि १२ गते सम्मका लागि बैठक स्थगन गरिएको थियो । बैठक बस्नु अगावै सहमतिको प्रयासमा सभापति देउवा जुटेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ भदौ २०८१, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा
राजावादीको आन्दोलन पतन भइसक्यो, प्रदर्शनको कुनै अर्थ छैन : देउवा
कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ : देउवा
धर्मनिरपेक्षको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा
शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : देउवा
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा