ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्ण मन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजा आराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गएको हो ।
यस अघि कृष्ण मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुरबाट निर्वाचित संघीय सांसदहरु, बागमती प्रदेशसभा सदस्यहरू, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, ललितपुर महानगरका कार्यवाहक प्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतले स्वागत गरेका थिए ।
मन्दिर दर्शन गरी प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले मंगहिटीको अवलोकन गरेका थिए। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखद्वारा हरेक वर्ष कृष्ण मन्दिरमा दर्शन गरी पूजा आजा गर्ने परम्परा रहेको छ ।
भगवान् श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरका साथै मुलुकभरका कृष्णमन्दिरहरुमा आज दिनभर भक्तजनको घुइँचो लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० भदौ २०८१, १८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन दोहामा
राष्ट्रपति पौडेलको कार्यभार उपराष्ट्रपति यादवलाई
राष्ट्रपति पौडेल सोमबार कतार भ्रमणमा जाँदै
कात्तिक १७ गते कतार भ्रमणमा जाँदै राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल गुहेश्वरी पुगेर छठ पूजामा सहभागी
राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण