नागार्जुनमा जीप र मोटरसाइकल जुधे: मोटरसाइकल चालकको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, १४ : ०१
नागार्जुनमा जीप र मोटरसाइकल जुधे: मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। नागर्जुनमा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–७ स्थित बिन्दावासिनी सडकखण्डमा स्वीजरल्याण्ड पार्कबाट कलङ्कीतर्फ आउँदै गरेको प्र०१–०२५च ९२४३ नम्बरको जीपमा विपरीत दिशाबाट गइरहेको बाप्र०२–०१७प १०९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी दोलखा शैलुङ्गेश्वर नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१३ छाउनी बस्ने २० वर्षीय मोटरसाइकल चालक सजन सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

शनिवार दुर्घटना भई गम्भीर घाइते भएका सुवेदीको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा आइतवार मृत्यु भएको उनले बताए । सो समयमा फरार रहेका गाडी चालक सुनसरी घर भई हाल काठमाडौंको नैकाप बस्ने ४३ वर्षीय जगतबहादुर मगरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस