बुटवल। सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै शनिबार दिउँसो पहिरो झरेपछि सडक अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्ग निर्माणाधीन क्षेत्रमा ठुलठुला ढुंगासहित सुक्खा पहिरो झरेको हो ।
पाल्पाको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनक बुढाले पहिरोले सडक अवरुद्ध बनेको बताए ।‘ठुलठुला ढुंगा झरेका छन्,’ बुढाले लोकान्तरसँग भने, ‘पहिरो हटाएर सडक खुलाउन समय लाग्छ ।
सिद्धबाबाको साढे तीन किलोमिटर क्षेत्रलाई जोखिमपूर्ण क्षेत्र मानिन्छ । अहिले यहाँ सुरुङमार्ग निर्माणको काम धमाधम भइरहेको छ । यो बाटो भएर स्याङजा, पोखरा, बाग्लुङ, गुल्मी अर्घाखाँचीसम्म जाने सवारी र पहाडबाट बुटवलतर्फ आउने सयौं सवारी बाटोमै रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ भदौ २०८१, १६ : ३८
लेखकबाट थप