सोल । दक्षिण कोरियाको बुचान शहरमा एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । यस घटनामा अन्य एक दर्जन मानिस घाइते भएको बताइएको छ । घटनास्थलमा आगो निभाउन आएको अग्नि नियन्त्रण विभागले ओछ्याएको एयर म्याट्रेसमाथि हाम फाल्ने क्रममा २ जनाको मृत्यु भएको थियो । म्याट्रेस पल्टिँदा ती दुई जनाको ज्यान गएको बताइएको छ ।
विद्युतीय त्रुटीका कारण होटलको आठौं तलाबाट आगलागी सुरु भएको थियो । अन्य घाइतेहरू भने सोही तलामा भेटिएका थिए । आगो भवनभरि फैलिन नपाए पनि होटलका कोठाहरूमा आगो निभाउन स्प्रिंकलर नहुँदा क्षति धेरै नै भएको बताइएको छ ।
नौ तले सो भवन सन् २००३ मा बनेको थियो । त्यतिबेला दक्षिण कोरियामा नवनिर्मित भवनमा स्प्रिंकलर जडान गर्नुपर्ने कानुन बनेको थिएन ।
आगो बिहीबार स्थानीय समयअनुसार साँझ ७ः३९ मा लाग्न शुरु भएको थियो । राति १०ः२६ सम्मा आगो पूरै निभाइएको अग्नि विभागले बताएको छ ।
होटलका व्यवस्थापकहरूको लापरवाहीका कारण सो घटना घटेको हो कि भनेर प्रहरीहरूले छानबिन गरिरहेका छन् । अग्नि विभागले प्रयोग गरेको एयर म्याट्रेसबारे पनि छानबिन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ भदौ २०८१, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसियाको दक्षिण कोरियाको विजयी शुरूआत
दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी
दक्षिण कोरिया पुगे १ लाख २० हजार युवा
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई सोधपुछका लागि नयाँ पक्राउ पूर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी