काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्रमन्त्री आरजु राणा देउवाबीच सोमबार भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा साँझ मोदी र राणाबीच भेटवार्ता भएको हो ।
भेटवार्तापछि राणाले मोदीसँग नेपाल- भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको जानकारी दिइन् ।
नेपालको परराष्ट्रमन्त्रीका रुपमा आफ्नो भारत भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट दुई देशबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा लिएको राणाले बताइन् ।
भेटवार्ताका क्रममा उनले मोदीलाई नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेकी हुन् । सोमबार नै राणाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन् । उनी आइतबार भारत भ्रमणमा गएकी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ भदौ २०८१, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
भारतबाट फर्केको एक सातामै किन चीन जाँदैछन् परराष्ट्रमन्त्री ?
परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण