काठमाडौ । पाँच दिने भ्रमणका लागि भारत गएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गदैछिन्।
समकक्षी डा.एस जयशंकरसँग द्विपक्षीय वार्तापछि आजै साँझ राणाले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा आइतबार उनी छिमेकी मित्र राष्ट्र भारत भ्रमणमा गएकी हुन्।
सोमबार उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेपछि मंगलबार उनले स्वास्थ्य जाँच गराउने कार्यक्रम छ।
आज राणाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेसँग भेटवार्ता गर्ने र उनलाई राखी बाँधिदिने कार्यक्रमसमेत रहेको उनको सचिवालयले जनाएको छ।
आइतबार नयाँदिल्ली पुगेकी मन्त्री राणालाई इन्दिरा गान्धी राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमास्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रायका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका थिए।
मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार राति नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज आयोजना गरेका थिए।
मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन्। राणालाई भारत सरकारले सेराटन होटेलको स्विट रुममा बस्ने व्यवस्था मिलाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ भदौ २०८१, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
भारतबाट फर्केको एक सातामै किन चीन जाँदैछन् परराष्ट्रमन्त्री ?
परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण