लमजुङ। लमजुङको क्व्होलासोथार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।गण्डकी प्रदेशभित्र गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिममा सांस्कृतिक पर्वको रूपमा मनाउने ट्होटे पर्वको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
गत शनिबार बसेको कार्यपालिकाको बैठकले आज ट्होटे पर्व मनाउन गाउँपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए ।
उनका अनुसार गाउँ कार्यपालिकाको कार्यालय, गाउँपालिका अन्तर्गतका वडा कार्यालय, सामुदायिक तथा संस्थागत शैक्षिक संस्था, बैंक, वित्तीय संस्था, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्था र अन्य सङ्घ संस्थामा स्थानीय बिदा दिइएको उनको भनाइ छ ।
ट्होटे पर्व मनाउने गुरुङ समुदायलाई गाउँपालिकाले शुभकामनासमेत व्यक्त गरेको छ ।पालिकामा गुरुङ समुदायको बाहुल्यता रहेको छ ।जिल्लाका गुरुङ समुदायले ट्होटे पर्व धुमधामका साथ मनाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा
सातामा दुई दिन बिदाको निर्णय आजदेखि लागू, कार्यालय समय पनि परिवर्तन
सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने
चुनावले छपक्कै छोप्यो, आजदेखि एकसाता बिदा
आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा
चिसो बढेपछि गौरका विद्यालयमा बिदा