लमजुङ। लमजुङको क्व्होलासोथार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।गण्डकी प्रदेशभित्र गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिममा सांस्कृतिक पर्वको रूपमा मनाउने ट्होटे पर्वको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
गत शनिबार बसेको कार्यपालिकाको बैठकले आज ट्होटे पर्व मनाउन गाउँपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए ।
उनका अनुसार गाउँ कार्यपालिकाको कार्यालय, गाउँपालिका अन्तर्गतका वडा कार्यालय, सामुदायिक तथा संस्थागत शैक्षिक संस्था, बैंक, वित्तीय संस्था, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्था र अन्य सङ्घ संस्थामा स्थानीय बिदा दिइएको उनको भनाइ छ ।
ट्होटे पर्व मनाउने गुरुङ समुदायलाई गाउँपालिकाले शुभकामनासमेत व्यक्त गरेको छ ।पालिकामा गुरुङ समुदायको बाहुल्यता रहेको छ ।जिल्लाका गुरुङ समुदायले ट्होटे पर्व धुमधामका साथ मनाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भदौ २२ गते चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा
स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
मधेस प्रदेशमा आज सार्वजनिक बिदा