काठमाडौं । एमालेसँग विगतमा भएको विमतिका बीचमा सहमति गरेर गठबन्धन बनाएकाले आफूहरु चुप नबस्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्।
नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै कांग्रेस र एमालेबीचको विमतिहरुलाई जबरजस्ती छोप्न खोजे दुर्घटना हुने महामन्त्री शर्माले बताएका हुन् । उनले भने, ‘अहिले पनि कांग्रेस र एमालेबीच भएको विमतिहरुलाई हामीले तिलाञ्जली दियौं, जबरजस्ती छोप्न खोज्यौं भने दुर्घटना हुन्छ। एमालेसँगको विमतीलाई हामीले बुझ्नुपर्छ एमालेसँगको कतिपय दृष्टिकोणमा हामी सहमत छौं। हाम्रो पार्टी, विचार नै फरक हो, विगमतका विमतिका बिषयमा बोल्दै गर्दा गठबन्धन भत्किन्छ। केपी कमरेडलाई अफ्ठ्यारो होला भनेर कांग्रेसले सोच्नुपर्ने, एमालेकाले बोल्दा शेरबहादुर देउवालाई पर्ला बनेर चुप लाग्नुपर्ने, हामीले चुप लाग्नको लागि बनाएको गठबन्धन होइन। यो गठबन्धन विमतिका बीचमा सहमति गरेर बनाएका छौं।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ साउन २०८१, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र