एजेन्सी । ब्राजिलको साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ ।
दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलतर्फ उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपास एयरलाइन्सले जनाएको छ।
सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखाइएको छ । यो खस्दै गर्दा अनियन्त्रित भएर घुमिरहेको भिडियोमा देखिएको छ।
एटीआर ७२–५०० मा ५७ यात्रु र चालक दलका चार सदस्य सवार थिए । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन्।
अधिकारीहरूले फ्लाइट रेकर्डरहरू प्राप्त गरिसकेको बताएका छन् । फ्रान्सेली-इटालियन विमान निर्माता एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ।
विमान आवासीय क्षेत्रमा खसे पनि तर जमिनमा कोही पनि घाइते भएनन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २६ साउन २०८१, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त, २९ जनाको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु