सुन्दरबजार (लमजुङ) । लमजुङमा सञ्चालित एकमात्र गुरुकुल आश्रमका आवासीय विद्यार्थीको भरणपोषणका लागि १५ रोपनी खेतमा स्थानीय अभिभावकले श्रमदानबाट रोपाइँ गरेका छन् ।
दुराडाँडास्थित पाणिनी संस्कृत माध्यामिक विद्यालयमा सञ्चालित गुरुकुल आश्रम व्यवस्थापन समितिको संयुक्त पहलमा श्रमदानबाट रोपाइँ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत न्यौपानेले बताए।
गुरुकुलमा जुम्ला, कालिकोट र मुगुका विपन्न ब्राह्मण परिवारबाट ल्याइएका ७ देखि १३ वर्षका २७ जना वटुक आश्रममा अध्ययन गरिरहेका छन् । आश्रमका वटुकको भोजनका निम्ति भिक्षा माग्न गाउँघर डुल्नुभन्दा विद्यालयको खेत र त्यस नजिकको बाँझो भूमिमा करिब रु एक लाख बराबरको श्रमदान गरेर रोपाइँ सम्पन्न भएको गुरुकुलका अध्यक्ष पुष्पराज अधिकारीले बताए । खेतबाट उत्पादन हुने धानले वटुकहरूलाई छ महिना भोजनको व्यवस्था गर्न सहज हुने विश्वास उनले व्यक्त गरे ।
सुन्दरबजार नगरपालिकाले रोपाइँ गर्न आश्रमलाई रु पाँच लाख प्रदान गरेको थियो । उक्त रकममध्ये रु ३० हजार मलखाद र बीउ खरिदमा खर्च भएको जानकारी उनले दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २५ साउन २०८१, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहामा यसवर्षको रोपाइँ अन्तिम चरणमा
मधेशमा ७७ प्रतिशत धान रोपाइँ
वर्षासँगै सुक्खा संकटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ
आकाश ताक्दै किसान : महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ
गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ हुँदा मधेसमा ५१ प्रतिशत मात्रै