काठमाडौं। काभा नेसन्स लिगको उपविजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा महानगरका मेयर (प्रमुख) बालेन शाहले खेलाडी तथा प्रशिक्षकलाई जनही १–१ लाख रुपैयाँसहित पुरस्कृत गरेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा बुधवार भएको फाइनलमा नेपाली टोली भारतसँग ३–२ ले पराजित भएको थियो । फाइनल हेर्न महानगरका मेयर शाह र उपमेयर सुनीता डंगोल पनि उपस्थित थिए ।
टोलीमा रहेका १४ खेलाडी र प्रशिक्षक जगदीश भट्टलाई महानगरले जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो ।यस्तै टोलीका सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलम बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरले समान ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ साउन २०८१, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरपालिकाले युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने
काठमाडौं महानगरको बजेट आज नआउने