काठमाडौं। काभा नेसन्स लिगको उपविजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा महानगरका मेयर (प्रमुख) बालेन शाहले खेलाडी तथा प्रशिक्षकलाई जनही १–१ लाख रुपैयाँसहित पुरस्कृत गरेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा बुधवार भएको फाइनलमा नेपाली टोली भारतसँग ३–२ ले पराजित भएको थियो । फाइनल हेर्न महानगरका मेयर शाह र उपमेयर सुनीता डंगोल पनि उपस्थित थिए ।
टोलीमा रहेका १४ खेलाडी र प्रशिक्षक जगदीश भट्टलाई महानगरले जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो ।यस्तै टोलीका सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलम बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरले समान ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ साउन २०८१, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह