ताप्लेजुङ । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदीबन्दी राखिएका छन् ।
जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल एक सय २३ कैदी र २२ थुनुवा गरी एक सय ४५ कैदीबन्दीलाई राखिएको छ ।
कारागारमा ७३ जना जबर्जस्ती करणीका मुद्दा झेलिरहेका छन् भने ज्यान मार्ने उद्योगका सात, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका एक, डाका र चोरी मुद्दाका छ, लागुऔषधका छ र सवारी दुर्घटना गराएका तीनजना कैदीबन्दी छन् ।
१९९२ सालमा २५ जना कैदीबन्दी अटाउने गरी निर्माण गरिएको कारागार तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ साना–ठूला नौवटा घर छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० साउन २०८१, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीमफेदी कारागार तोडेर फरार भएका कैदी बारामा चोरी गर्दा पक्राउ
कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई
केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ
कास्कीमा जेनजी आन्दोलन: आगजनी र तोडफोड गर्ने रास्वपा नेतासहित ४ जना कारागार चलान
जलेश्वर कारागारका २७३ कैदीबन्दी अझै फरार
भीमफेदी कारागारबाट भागेका १५४ कैदीबन्दी अझै सम्पर्कविहीन