काठमाडौं । बुधबार सेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड बनेको छ । यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड थियो ।
अघिल्लो चरणको बुलको कारोबार रेकर्ड तीन वर्षमा तोडिएको हो । यसैबीच सेयर बजारको परिसूचक नेप्से ६४.२५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७६०.९० अंकमा कायम भएको छ ।
१९१ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ७ को स्थिर रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् । बैंकिङ १, विकास बैंक ३.२, फाइनान्स ८, होटल तथा पर्यटन २.९, हाइड्रोपावर २.१, लगानी ६.८, जीवन बीमा २.१, उत्पादन १.८, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.८७, अन्य ३.९ तथा ब्यापार समूह २.७ प्रतिशत बढे । होटल तथा पर्यटन समूहको सूचक पनि हालसम्मकै उच्च भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार