तनहुँ । आर्थिक वर्ष २०८०–८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् ।
पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् ।
उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन् ।
आव २०७९–८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । सो अवधिमा रु ६६ लाख चार हजार एक सय ६५ राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा तीन महिनामा ३१७ घरेलु तथा साना उद्योग थपिए
मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही
चितवनका २७९ उद्योग बन्द
समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग
घट्यो कच्चा मार्बल तथा ग्रेनाइटमा भन्सार र अन्तःशुल्क