काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनको पेशी आगामी साउन ३० गतेका लागि तोकिएको छ । अब उक्त रिट संवैधानिक इजलासमा सुनुवाइ हुनेछ । गत साउन ६ गते सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको उक्त रिट संवैधानिक इजलासमा पठाउने आदेश भएको थियो ।
सर्वोच्चका न्यायाधीश ढकालको इजलासले उक्त रिटमा गम्भीर संवैधानिक ब्याख्याको प्रश्न सन्निहित रहेको ठहर गर्दै संवैधानिक इजलासमा पठाउने फैसला गरेको थियो । प्रधानमन्त्रीमा ओलीलाई नेपालको संविधानको धारा ७६ (२) अनुसार गरिएको नियुक्ति संविधानविपरीत रहेको भन्दै अधिवक्तात्रय दीपक अधिकारी, खगेन्द्रकुमार चापागाईं र शैलेन्द्रकुमार गुप्ताले गएको असार ३१ गते रिट दायर गरेका थिए ।
रिटमा राष्ट्रपति तथा राष्ट्रपतिको कार्यालय, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा तथा कांग्रेस संसदीय दलको कार्यालय, एमाले संसदीय दलका नेता केपी शर्मा ओली तथा संसदीय दलको कार्यालय र प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयलाई विपक्षी बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ-नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने
स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड
प्रधानमन्त्री ओली नारच्याङमा
‘झोले’ भनियो भन्दैमा सत्य अँगाल्न नछोडौं : प्रधानमन्त्री ओली
जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली