चितवन । चितवनमा ६४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ। तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो। सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन्।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ। गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए।
भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेङ्गु देखिएको छ। उनले भने, ‘डेङ्गुको सङ्क्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ।’ सङ्क्रमण बढेसँगै सङ्क्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ साउन २०८१, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको संक्रमण देखिँदै
७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु पुष्टि
चितवनमा डेंगु सङ्क्रमण घट्दो क्रममा
गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु
देशभर २८ हजार डेंगु सङ्क्रमित, मृतक संख्या १२ पुग्यो