काठमाडौँ । श्रीलंका जारी महिला एशिया कपको फाइनलमा पुगेको छ ।
शुक्रबार राती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
पाकिस्तानले दिएको १४१ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाउदै १४० रन बनाएको थियो ।
योजितपछि श्रीलंकाले फाइनलमा भारतको सामना गर्ने छ । शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो । अब फाइनल खेल आइतबार हुने छ ।
यो हारसँगै पाकिस्तानको एशिया कप यात्रा टुंगिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ साउन २०८१, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला एशिया कप: पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित
महिला एशिया कप: पाकिस्तानमाथि भारत ७ विकेटले विजयी