काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित एक गेस्ट हाउसमा अचेत अवस्थामा फेला परेकी युवतीको मृत्यु भएको छ । शुक्रबार बिहान ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा अचेत अवस्थामा भेटिएकी युवतीको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको हो ।
उनी गोदावरी नगरपालिका ८ डुकुछाप घर भइ हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्ट हाउसमा आएकी थिइन् । तर, बिहानको समय युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिएपनि उनको मृत्यु भएको ललितपुर प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
प्रहरीका अनुसार युवतीसँगै रहेका युवकको पनि श्वास प्रश्वासमा समस्या आएको छ । प्रहरीको निगरानीमा उनको पनि बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ साउन २०८१, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु