चितवन । चितवनमा भएका छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ।
भतरपुर महानगरपालिका- ७ को भित्री सडकमा सवारी दुर्घटना हुँदा स्थानीय ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी खोलाले बगाउँदा चितवनकै कालिका नगरपालिका–१० का ३३ वर्षीय गम्भीर चेपाङको पनि मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार साँझ सिद्धिबजारबाट घर फर्किँदा कयर खोलाले बगाएर बेपत्ता भएका चेपाङको शव आज बिहान फेला परेको हो।
भरतपुर महानगरपालिका–८ अशोक चोकमा नम्बर नखुलेको सवारीसाधनले अधिकारी सवार मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा चितवन मेडिकल कलेजमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ साउन २०८१, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवनमा स्कुटर दुर्घटनामा परि दुई जनाको मृत्यु
सर्पको डसाइबाट बालकको मृत्यु
विद्युत् पोलमा काम गरिरहेका बेला करेन्ट लागेर युवकको मृत्यु
मानव सेवा आश्रममा आश्रितको मृत्यु
मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु