चितवन । चितवनमा भएका छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ।
भतरपुर महानगरपालिका- ७ को भित्री सडकमा सवारी दुर्घटना हुँदा स्थानीय ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी खोलाले बगाउँदा चितवनकै कालिका नगरपालिका–१० का ३३ वर्षीय गम्भीर चेपाङको पनि मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार साँझ सिद्धिबजारबाट घर फर्किँदा कयर खोलाले बगाएर बेपत्ता भएका चेपाङको शव आज बिहान फेला परेको हो।
भरतपुर महानगरपालिका–८ अशोक चोकमा नम्बर नखुलेको सवारीसाधनले अधिकारी सवार मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा चितवन मेडिकल कलेजमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ साउन २०८१, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु