काठमाडौँ । उदयपुर र झापामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।उदयपुरको उदयपुरगढी गाउँपालिका-६ ओदाले बस्ने २६ वर्षीय राजीव कुमार मगरको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित घिजहरी खोलाबाट आफ्नै खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको हो ।यता झापाको मेचीनगर नगरपालिका-१२ धिमाल टोल माझगाउँ बस्ने पाँचथर फिदिम नगरपालिका-२ घर भएका ३० वर्षीय सन्दीप तुम्बाम्फोको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ ।
घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी झापाको कचनकवल गाउँपालिका-४ केचना बस्ने ललन साहको छोरा १५ वर्षीय विशाल साहको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बनियानिमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एकजनाको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु
ओखलढुंगामा करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर वृद्धा महिलाको मृत्यु
ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु, दुई जना घाइते
मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु